भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वी नेपालका धेरै क्षेत्रमा वर्षा, आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

पूर्वी नेपालका धेरै क्षेत्रमा वर्षा, आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

मुख्य बुँदा 

पूर्वी नेपालका धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

इलामको कन्याममा सबैभन्दा धेरै ५३ मिलिमिटर वर्षा

काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

प्रि-मनसुन सक्रिय, सावधानी अपनाउन आग्रह

काठमाडौँ, २३ बैशाख । पूर्वी नेपालका धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। बागमती प्रदेशदेखि कोशी प्रदेशसम्मका विभिन्न जिल्लामा गए राति र आज बिहान वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याम जल मापन केन्द्रमा करिब ५३ मिलिमिटर रेकर्ड गरिएको छ।

सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली र नुवाकोटलगायतका जिल्लामा पनि वर्षा भएको छ। काठमाडौँ उपत्यकामा समेत हल्का वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ।

हाल वर्षा प्रणाली पूर्वी क्षेत्रमा केन्द्रित रहेको र आगामी केही दिनसम्म प्रि-मनसुन सक्रिय रहने मौसमविद्हरूले बताएका छन्। यस अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.