भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी ठगी आरोपमा सीआईबीद्वारा पक्राउ

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी ठगी आरोपमा सीआईबीद्वारा पक्राउ

मुख्य बुँदा 

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ

सीआईबीद्वारा ठगी र आपराधिक विश्वासघातको आरोपमा कारबाही

खुर्सानीटार काठमाडौँबाट पक्राउ

अनुमति नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स रद्द भएको थियो

थप अनुसन्धान जारी

काठमाडौँ, २२ बैशाख । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा सोमबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको हो। स्मार्ट टेलिकम प्रा.लि. ले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो।

तर कम्पनीले समयमै अनुमति नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गते अनुमति स्वतः रद्द भएको थियो। अनुमति रद्द भएपछि प्राधिकरणले सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका दूरसञ्चार पूर्वाधार, संरचना र सञ्जाल नियन्त्रणमा लिएको थियो।

तर त्यसपछि पनि नेपाल सरकारको सम्पत्तिमा अनधिकृत दाबी गर्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप जोशीमाथि लागेको प्रहरीले जनाएको छ। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.