भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी ठगी आरोपमा सीआईबीद्वारा पक्राउ

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी ठगी आरोपमा सीआईबीद्वारा पक्राउ

मुख्य बुँदा 

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ

सीआईबीद्वारा ठगी र आपराधिक विश्वासघातको आरोपमा कारबाही

खुर्सानीटार काठमाडौँबाट पक्राउ

अनुमति नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स रद्द भएको थियो

थप अनुसन्धान जारी

काठमाडौँ, २२ बैशाख । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा सोमबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको हो। स्मार्ट टेलिकम प्रा.लि. ले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो।

तर कम्पनीले समयमै अनुमति नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गते अनुमति स्वतः रद्द भएको थियो। अनुमति रद्द भएपछि प्राधिकरणले सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका दूरसञ्चार पूर्वाधार, संरचना र सञ्जाल नियन्त्रणमा लिएको थियो।

तर त्यसपछि पनि नेपाल सरकारको सम्पत्तिमा अनधिकृत दाबी गर्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप जोशीमाथि लागेको प्रहरीले जनाएको छ। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.