भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी, १४८ किलोसहित दुई जना पक्राउ

भारतीय एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी, १४८ किलोसहित दुई जना पक्राउ

मुख्य बुँदा

भारतीय एम्बुलेन्समार्फत गाँजा तस्करी प्रयास

१४८ किलो गाँजा बरामद

दुई जना भारतीय नागरिक पक्राउ

लागूऔषध ऐनअन्तर्गत अनुसन्धान जारी

सुनसरी, २३ बैशाख । सुनसरीको बराहक्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरी भइरहेको गाँजा तस्करी प्रहरीले असफल बनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट ठूलो परिमाणको गाँजासहित दुई जना भारतीय नागरिक र तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। उक्त कारबाही इलाका प्रहरी कार्यालय चतराबाट खटिएको गस्ती टोलीले गरेको हो।

मंगलबार साँझ करिब ५ बजे चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स प्रहरी देख्नासाथ भाग्न खोजेपछि शंका लागेर नियन्त्रणमा लिइएको थियो।

पछि गरिएको खानतलासीमा एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा लुकाइएका अवस्थामा १४८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्र कुमार यादव र २१ वर्षीय मोहम्मद सदाम रहेका छन्।

उनीहरूलाई गाँजा र एम्बुलेन्ससहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको छ।

 


Thali Mobile Pvt.Ltd.