भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

तनहुँ दुर्घटना अपडेटः २७ को मृत्यु, घाइेतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

तनहुँ दुर्घटना अपडेटः २७ को मृत्यु, घाइेतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ मा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

 


Thali Mobile Pvt.Ltd.