भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु,५७ जना घाइते

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु,५७ जना घाइते

काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ भने ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर जम्मूको रियासीमा रहेको शिवखोरी धाम गइरहेको बस दुर्घटना हुदाँ आठ जना महिला र २ जना बालबालिकासहित २२ जनाको ज्यान गएको खबरमा उल्लेख छ । घाइतेहरूको अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.