भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु,५७ जना घाइते

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु,५७ जना घाइते

काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ भने ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर जम्मूको रियासीमा रहेको शिवखोरी धाम गइरहेको बस दुर्घटना हुदाँ आठ जना महिला र २ जना बालबालिकासहित २२ जनाको ज्यान गएको खबरमा उल्लेख छ । घाइतेहरूको अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.