भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

प्युठान–दिल्ली सिधाबस सेवा सुरु

प्युठान–दिल्ली सिधाबस सेवा सुरु

स्वर्गद्वारी । प्युठानको बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म नेपाल–भारतमैत्री बस सेवा सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको एक कार्यक्रमकाबीच उद्घाटन गरे । मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले भने, ‘नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ । उहाँले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.