भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्युठान–दिल्ली सिधाबस सेवा सुरु

प्युठान–दिल्ली सिधाबस सेवा सुरु

स्वर्गद्वारी । प्युठानको बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म नेपाल–भारतमैत्री बस सेवा सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको एक कार्यक्रमकाबीच उद्घाटन गरे । मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले भने, ‘नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ । उहाँले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.