भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसदीय समितिमा विषय बने रोचक र घोचक

संसदीय समितिमा विषय बने रोचक र घोचक

काठमाडौं । संसदीय समितिहरु पछिल्लो समय गतिहीन बनेका छन् । संघीय संसदमा विचाराधिन २४ विधेयकहरुमध्ये १६ वटा विधेयक विषयगत समितिमा दफावार छलफलको लागि पठाइएको छ ।

तर, ती विधेयकहरुमाथि दफावार छलफल अघि बढाउने भन्दापनि संसदीय समितिहरु रोचक र घोचक विषयहरुमा नै रमाउने गरेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रत्येक विषयगत समितिहरुमा दफावार छलफलका लागि पुगेका विधेयकहरु छन् । संसदमा विचाराधिन २४ विधेयकमध्ये १६ वटा विधेयक अहिले समितिमा छन् । मिनीपार्लीयामेन्ट मानिने संसदीय समितिहरुको प्रमुख काम कानून निर्माण गर्नु हो ।

सदनबाट संशोधनसहित प्राप्त भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर मिहिन ढंगले छलफल गर्नुपर्ने हो । तर, अधिकांश संसदीय समितहरुमा विधेयकमाथिको छलफल ठप्प छ ।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएका संसदीय समितिले विधेयकमाथि दफावार छलफल अघि बढ्न सकेको छैन भने एउटा पनि विधेयक पारित गरेर सदनमा पठाउन सकेको छैन ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ समितिबाहेक अन्य समितिमा विधेयकमाथि खासै छलफल समेत हुन सकेको छैन । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा अघिल्लो संसदमा नै दर्ता भएको अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ सहित ४ वटा विधेयक विचाराधिन छन् ।

 


Thali Mobile Pvt.Ltd.