भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

संसदीय समितिमा विषय बने रोचक र घोचक

संसदीय समितिमा विषय बने रोचक र घोचक

काठमाडौं । संसदीय समितिहरु पछिल्लो समय गतिहीन बनेका छन् । संघीय संसदमा विचाराधिन २४ विधेयकहरुमध्ये १६ वटा विधेयक विषयगत समितिमा दफावार छलफलको लागि पठाइएको छ ।

तर, ती विधेयकहरुमाथि दफावार छलफल अघि बढाउने भन्दापनि संसदीय समितिहरु रोचक र घोचक विषयहरुमा नै रमाउने गरेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रत्येक विषयगत समितिहरुमा दफावार छलफलका लागि पुगेका विधेयकहरु छन् । संसदमा विचाराधिन २४ विधेयकमध्ये १६ वटा विधेयक अहिले समितिमा छन् । मिनीपार्लीयामेन्ट मानिने संसदीय समितिहरुको प्रमुख काम कानून निर्माण गर्नु हो ।

सदनबाट संशोधनसहित प्राप्त भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर मिहिन ढंगले छलफल गर्नुपर्ने हो । तर, अधिकांश संसदीय समितहरुमा विधेयकमाथिको छलफल ठप्प छ ।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएका संसदीय समितिले विधेयकमाथि दफावार छलफल अघि बढ्न सकेको छैन भने एउटा पनि विधेयक पारित गरेर सदनमा पठाउन सकेको छैन ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ समितिबाहेक अन्य समितिमा विधेयकमाथि खासै छलफल समेत हुन सकेको छैन । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा अघिल्लो संसदमा नै दर्ता भएको अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ सहित ४ वटा विधेयक विचाराधिन छन् ।

 


Thali Mobile Pvt.Ltd.