भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागमती प्रदेश क्याबिनेटः मन्त्रिपरिषद्को नियम नै परिवर्तन

बागमती प्रदेश क्याबिनेटः मन्त्रिपरिषद्को नियम नै परिवर्तन

हेटौंडा । विवादमा परेको बागमती प्रदेशको आर्थिक सुधार सुझाव समिति–२०८१ को काम तत्काल अगाडि नबढ्ने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गठन गरेको समितिको सेवासुविधासम्बन्धी व्यवस्थालाई लिएर मन्त्रिपरिषदमै विवाद भएपछि तत्काललाई कार्यान्वयनमा नलैजानेमा मुख्यमन्त्री बहादुरसिं लामा पुगे ।

मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरुले समितिको कामको उद्देश्य उचित भएपनि नियुक्त पदाधिकारीहरुको सेवासुविधा, मन्त्रिपरिषदमा ल्याइएको सो सम्बन्धी प्रस्तावको प्रक्रिया र मन्त्री काफ्लेको कार्यशैलीमाथि प्रश्न उठाए । कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले आर्थिक सुधार सुझाव समितिको काम तत्काल अगाडि नबढ्ने जानकारी दिए । मुख्यमन्त्री लामा र मन्त्रीहरुबीच भएको सहमतिबारे धारणा राख्दै श्रेष्ठले समितिलाई कानुन निर्माण गरेर मात्रै अगाडि बढाइने बताए ।

२७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकमा समिति गठनसम्बन्धी प्रस्ताव कार्यसूचीमा समावेश भए पनि पदाधिकारीको सेवासुविधा तोकिएको समितिको कार्यादेश टीओआर प्रस्तुत नगरिएको भन्दै मन्त्रिपरिषद् सदस्यहरुले विरोध जनाएपछि रोकिएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले समितिको अध्यक्षमा आन्तरिक राजश्व विभागको पूर्वमहानिर्देशक किशोरजंग कार्कीलाई प्रदेश सचिवसरह र सदस्यमा अर्थ मन्त्रालयका पूर्वसहसचिव लेखनाथ शर्मा पंगेनीलाई सचिवसरहको सेवासुविधा दिने गरी नियुक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.