भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नयाँ भवनमा मन्त्रिपरिषद् बैठक बस्दै

नयाँ भवनमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनःनिर्माण गरिएको नयाँ भवनमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरवारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेपछि बैठक बस्न लागेकाे हाे ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित भएको छ । बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले बैठक कक्षको अवलोकन गर्ने र ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने बताए ।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्न बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.