भर्खरै : Sorry, your browser does not support inline SVG.
धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या |

कस्तो प्रजातन्त्र दिवस ? समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

कस्तो प्रजातन्त्र दिवस ? समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाइएपछि कार्यक्रममा हंगामा भएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारले सांकेतिक विरोध गरेका हुन् ।

समारोहको निमन्त्रणा पत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको विरोध गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.