भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सुर्यविनायक नगर अस्पतालको दोस्रो वार्षिक उत्सब सम्पन्न

सुर्यविनायक नगर अस्पतालको दोस्रो वार्षिक उत्सब सम्पन्न

भक्तपुर । सुर्यविनायक नगर अस्पतालको दोस्रो वार्षिक उत्सब सम्पन्न भएको छ । एक समारोहकाबीच नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समिति अध्यक्ष बासुदेव थापाले कार्यक्रमको उद्घाटन गर्दै अस्पतालको उत्तरोत्तर प्रगतीको कामना प्रदान गरे । विरामीकाे सेवामा कुनै कन्जुस्याइ नगरेर सेवा प्रवाह गर्न मेयर बासुदेव थापाले  कर्मचारीलाई  निर्देशन समेत दिए ।

यसै आर्थिक वर्ष भित्र अस्पतालमा विशेषज्ञ सेवा सहित शल्यक्रिया सेवा प्रदान गरिने नगरका प्रवक्ता रविन्द्र सापकाेटाले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले तत्कालीन सांसद महेश बस्नेत, हालका वागमती प्रदेश सांसद किरण थापा, स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीको संकटका बेला नगर अस्पताल स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरेका थिए ।

जनप्रतिनिधिको सिंगो प्रयासले अस्पताललाई उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बिकाश गर्दै लैजानेमा विश्वास व्यक्त गरे । दुई बर्ष पूरा भएको सुखद अवसरमा अस्पताल परिवारले सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.