भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्यविनायक नगर अस्पतालको दोस्रो वार्षिक उत्सब सम्पन्न

सुर्यविनायक नगर अस्पतालको दोस्रो वार्षिक उत्सब सम्पन्न

भक्तपुर । सुर्यविनायक नगर अस्पतालको दोस्रो वार्षिक उत्सब सम्पन्न भएको छ । एक समारोहकाबीच नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समिति अध्यक्ष बासुदेव थापाले कार्यक्रमको उद्घाटन गर्दै अस्पतालको उत्तरोत्तर प्रगतीको कामना प्रदान गरे । विरामीकाे सेवामा कुनै कन्जुस्याइ नगरेर सेवा प्रवाह गर्न मेयर बासुदेव थापाले  कर्मचारीलाई  निर्देशन समेत दिए ।

यसै आर्थिक वर्ष भित्र अस्पतालमा विशेषज्ञ सेवा सहित शल्यक्रिया सेवा प्रदान गरिने नगरका प्रवक्ता रविन्द्र सापकाेटाले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले तत्कालीन सांसद महेश बस्नेत, हालका वागमती प्रदेश सांसद किरण थापा, स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीको संकटका बेला नगर अस्पताल स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरेका थिए ।

जनप्रतिनिधिको सिंगो प्रयासले अस्पताललाई उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बिकाश गर्दै लैजानेमा विश्वास व्यक्त गरे । दुई बर्ष पूरा भएको सुखद अवसरमा अस्पताल परिवारले सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.