भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

भर्जिनिया कार दुर्घटनामा दुई नेपालीको मृत्यु

भर्जिनिया कार दुर्घटनामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु भएको एनबीसी वाशिङ्गटनले जनाएको छ ।

ज्यान गुमाउनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट रहेको उल्लेख छ । खड्का सोही होटलमा हाउस किपिङमा काम गर्थे । भट्टलाई जागिर लगाई दिने भन्दै उनले होटेलमा ल्याएका थिए ।

पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर कार करिब १० फिट गहिरो पोखरीमा खसेको छ ।

 


Thali Mobile Pvt.Ltd.