भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

डाक्टरको गम्भिर लापरबाहीः भाँच्चिएको बाँया हात, दाहिनेमा प्लास्टर

डाक्टरको गम्भिर लापरबाहीः भाँच्चिएको बाँया हात, दाहिनेमा प्लास्टर

बझाङ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको डाक्टरले दाहिने हातमा पलास्टर गरिएका छन् । उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाही सञ्जाल प्रयोगकर्ताले छताछुल्ल पारेर आलोचना गरिरहेका छन् । अस्पतालले बिरामीको उपचारमा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार केहीबेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरे ।

भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् । घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना गराए ।

केही बेरमा नर्सहरूले पलास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवालाई कोठाको बाहिर राखियो । पलास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई दिए । ‘क्यान्टिनमा पुगेपछि हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा पलास्टर गरिएको देखे । आदेशले भने, ‘मैले भिडियो बनाउदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् । तुरुन्तै आएर भाइलाई भित्र लगे ।

पहिलाको पलास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ ‘गल्तीले अर्को हातमा पलास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए । शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए ।

पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए । जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले भने हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीले यस्तो कमजोरी गरेको सुनाए । उनले भविष्यमा यस्तो घटना नदोहोरिने भन्दै छानबिन गरिने बताए ।

 


Thali Mobile Pvt.Ltd.