भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाल भ्रमण वर्ष २०२५ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२५ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ

भक्तपुर । ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भएको छ । भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार ऊर्जा, जल तथा सिंचाइ मन्त्री दिपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सङ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र नेपाल टुरिजम बोर्डका सीईओ दिपकराज जोशीले संयुक्त रुपमा चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्नुहुँदै नेपाल भ्रमण वर्ष २०२५ को औपचारिक ब्यानर अनावरण गरी शुभारम्भ गरेका हुन ।

नेपाल भ्रमण वर्ष २०२५ घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ कार्यक्रमको विशेष महत्व रहेको बताउँदै नेपाल—चीन बीचको दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष तथा सस्कृति आदाप्रदाले यसको महत्व अझ उचाइमा पुगेको मन्त्री खड्काले बताए । दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको चर्चा गरे ।

कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको बताउँदै नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न तयार रहेको बताउनु भयो । मन्त्री खड्काले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुर निर्माण तथा स्तरोन्नतिका कामहरु भइरहेकाको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार कार्यहरु भइरहेको जानकारी गराए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ को बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको भन्दै उहाँले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको तथा सोही सहमति कार्यान्वयनको सिलसिलामा यो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको जिकिर गरे ।

सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका नेपाललाई चीनमा स्वागत गर्दै राजदूत सङले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने बताए । नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ उद्घाटन गर्नुको मुख्य उद्देश्य रहेको राजदूत सङकाे भनाइ छ ।

२०७२ सालको भूकम्प, नाकाबन्दी र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संकटको घडीमा चीन सरकारले गरेको सहयोग नेपाली जनताले सँधै सम्झिरहने नगरप्रमुख सुनिल प्रजापतिले बताए । नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रुपमालिँदै आएको स्मरण गरे । भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा चिनियाँ पर्यटकहरु पर्ने बताउँदै उनले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गरेको र मित्र देश चीनका सरकारी उच्च पदाधिकारीहरुलाई समय समयमा स्वागत गर्न पाउँदा  खुशी व्यक्त गरे ।

त्यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्षसफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । शुभारम्भ कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएका थिए । दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना र महोत्सवमा सहभागी कलाकारहरुसँग सामूहिक फोटो सेसन गरी कार्यक्रमको समापन गरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.