भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आलु खेतीका लागि प्रख्यात रहेको बनौँमा ओखर खेती

आलु खेतीका लागि प्रख्यात रहेको बनौँमा ओखर खेती

पर्वत । कृषकहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न पर्वत जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा ओखर खेती गरिने भएको छ । बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखर खेती गरिने भएको हो ।

समुन्द्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झन्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको जनाइएको छ । कृषकहरूले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गर्ने मुस्ताङमा एक हजार पाँच सय बिरुवा ‘अर्डर’ गरिएको र वडाको करिब एक लाख रुपैयाँ लगानीमा बिरुवा खरिद गर्न लागिएको छ।

सरकारी दर अनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकोले थोरै बजेटमा पनि काम गर्न सकिने वडाध्यक्ष गौ बहादुर पुनले बताए।
नगदे बाली लगाउँदा धेरै स्याहार गर्नुपर्ने र गाउँ छाडेर बाहिर बसेकाहरूको लागि त्यो सम्भव नहुने भएकोले दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलो प्रयास गर्न लागिएको हो ।

प्राय आलु खेतीका लागि प्रख्यात रहेको बनौँमा ओखर खेतीका लागि पनि उत्तम हुन सक्ने भएकोले यो वर्ष परीक्षणको रूपमा एक हजार पाँच सय बिरुवा कृषकहरूलाई दिन लागिएको हो।

 

 


Thali Mobile Pvt.Ltd.