भर्खरै : Sorry, your browser does not support inline SVG.
चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह |

म्याद गुज्रेको चामल बरामद गरी नष्ट, बजार अनुगमन तीब्र

म्याद गुज्रेको चामल बरामद गरी नष्ट, बजार अनुगमन तीब्र

पाल्पा । पाल्पा सदरमुकाम तानसेन बजारमा अनुगमन तीब्र पारिएको छ । सोही क्रममा ठूलो परिमाणमा म्याद गुज्रेको चामल बरामद गरि नष्ट गरिएको छ । ८३ बोरा प्रतिबोरा २० केजीका दरले १६ सय ४० किलोग्राम करिब १ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको चामल बरामद गरि नष्ट गरिएको हो ।

विभिन्न बजार क्षेत्रमा दुई दिन गरेको अनुगमनमा तानसेन नगरपालिका–३, स्थित पाण्डेय किराना पसलबाट म्याद गुज्रेको चामल बरामद पछि नष्ट गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका शाखा अधिकृत दिनेश ज्ञवालीले बताए ।

पर्ल ब्रान्डको चामल २०८० माघदेखि ६ महिनामात्र म्याद रहेको भए पनि अहिले पनि बिक्रीका लागि राखिएको भेटिएपछि बरामद गरी नष्ट गरेको अनुगमन समितिका सदस्य मनोज घिमिरेले बताए ।

तानसेनका विभिन्न पसलमा गरेको अनुगमनमा ललीपप, टाइगर बियर, बेसन, जिरा पाउडर, बेसारलगायतका सामग्रीको म्याद गुज्रेका भेटिएकाले बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.