काठमाडौं । जापानमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएको छ । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको एक दशकयताकै यो खराब नतिजा हो । लिबरल डेमोक्र्याटिक पार्टी एलडिपीको नेतृत्वमा रहेको गठबन्धनका लागि अहिले लज्जाको विषय बनेको छ ।
तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा विपक्षी दलहरूले आधाभन्दा बढी सिट जितेका छन् । मत गणना अन्तिम चरणमा चलिरहेको छ । अब केवल २२ सिटको मत परिणाम घोषणा हुन बाँकी छ ।
पछिल्लो मत परिणाम अनुसार सत्तारुढ दल एलडिपी र यसको गठबन्धन कोमेटेले २ सय ८ सिटमा जित हासिल गरेको छ भने विपक्षीहरुले २ सय ३५ सिट जितेका छन् । संसदमा एकल बहुमत पुर्याउनका लागि २ सय ३३ सिट आवश्यक हुन्छ । विभिन्न विवादमा फसेको जापानको सत्तारुढ दलले दशकयताकै खराब नतिजाको सामना गर्नुपरेको जनताले बताइ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...