भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्तारुढ दलले गुमायो बहुमत

सत्तारुढ दलले गुमायो बहुमत

काठमाडौं । जापानमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएको छ । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको एक दशकयताकै यो खराब नतिजा हो । लिबरल डेमोक्र्याटिक पार्टी एलडिपीको नेतृत्वमा रहेको गठबन्धनका लागि अहिले लज्जाको विषय बनेको छ ।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा विपक्षी दलहरूले आधाभन्दा बढी सिट जितेका छन् । मत गणना अन्तिम चरणमा चलिरहेको छ । अब केवल २२ सिटको मत परिणाम घोषणा हुन बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार सत्तारुढ दल एलडिपी र यसको गठबन्धन कोमेटेले २ सय ८ सिटमा जित हासिल गरेको छ भने विपक्षीहरुले २ सय ३५ सिट जितेका छन् । संसदमा एकल बहुमत पुर्‍याउनका लागि २ सय ३३ सिट आवश्यक हुन्छ । विभिन्न विवादमा फसेको जापानको सत्तारुढ दलले दशकयताकै खराब नतिजाको सामना गर्नुपरेको जनताले बताइ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.