भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चेपाङ विद्यार्थी सहभागीतामा बनेको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ चीनबाट प्रक्षेपण

चेपाङ विद्यार्थी सहभागीतामा बनेको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ चीनबाट प्रक्षेपण

मुख्य बुँदा

चेपाङ विद्यार्थीको सहभागितामा स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ निर्माण

आज बिहान चीनबाट प्रक्षेपण सम्पन्न

तौल: १.०२ किलो, क्यामेरा: २ वटा, वनस्पति र जलस्रोत जानकारी संकलन

भूकम्प पूर्वसूचना अध्ययन र दिशा परिवर्तन/रोक्ने प्रविधि जडान

नेपाली–स्याट वन र मुनाल उपग्रह प्रविधिको उन्नत संस्करण प्रयोग

प्राकृतिक प्रकोपका लागि तथ्यांक प्रसारण गर्ने उद्देश्य

परियोजनामा ९ जना चेपाङ विद्यार्थी र ६ जना इन्जिनियर सहभागी

काठमाडौँ, २४ मंसिर । अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरुको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ आज बिहान चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।

नेपाली समयअनुसार बिहान पौने १० बजे स्याटेलाइट प्रक्षेपण भएको जानकारी अन्तर्राष्ट्रिय प्रतिष्ठान नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको छ। स्याटेलाइटबाट पहिलो डेटा प्राप्त हुन केही समय लाग्नेछ।

गत आइतबार यो स्याटेलाइट चिनियाँ रकेट काइनेटिका वनमा इन्टिग्रेट गरिएको थियो। १.०२ किलो तौलको स्याटेलाइटमा दुईवटा क्यामेरा जडान गरिएको छ, जसले नेपालको वनस्पति र जलस्रोत सम्बन्धी जानकारी संकलन गर्नेछन्।

साथै, यसमा भूकम्प पूर्वसूचना अध्ययन गर्ने प्रविधि पनि रहेको छ। पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा स्याटेलाइटलाई रोक्न वा दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि जडान गरिएको छ। नेपाली–स्याट वन र मुनाल उपग्रहबाट प्राप्त प्रविधि प्रयोग गरी यसलाई अझ विकसित ढाँचामा डिजाइन गरिएको हो।

यस मिसनले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि आवश्यक तथ्यांक प्रसारण गर्ने अपेक्षा राखेको छ।

परियोजनामा चितवनको चेपाङ समुदायका कक्षा ७ र ८ मा पढ्ने नौ जना बालबालिका र अन्तरिक्ष प्रतिष्ठान नेपालका ६ जना इन्जिनियर सहभागी थिए। एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनले यसमा सहयोग गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.