भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सुदूरपश्चिममा मल अभाव र धान बिक्री समस्यामाथि प्रदेश सरकार सक्रिय, कोटा बढाउन पहल

सुदूरपश्चिममा मल अभाव र धान बिक्री समस्यामाथि प्रदेश सरकार सक्रिय, कोटा बढाउन पहल

मुख्य बुँदा

सुदूरपश्चिममा युरिया मल अभाव, गहुँ बाली प्रभावित

धान खरिदको कोटा घट्दा किसानले सरकारी मूल्यमा बेच्न नसकेको समस्या

प्रदेश सरकारद्वारा संघीय अर्थमन्त्रीसँग भेटेर कोटा वृद्धि आग्रह

थप ५० हजार क्विन्टल धान खरिद र मल कोटा बढाउने पहल

प्रदेशका लागि १३% मल कोटा आवश्यक भए पनि ६% मात्र आपूर्ति

गत वर्षको तुलनामा धान खरिद कोटा २० हजार क्विन्टलले घटेको

व्यापार कम्पनी केन्द्रबाट कोटा नबढेसम्म खरिद विस्तार असम्भव

काठमाण्डौ, २४ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल आपूर्ति र धान खरिदको कोटा बढाउन संघीय सरकारसँग पहल थालेको छ।

गहुँ खेतीको समय नजिकिँदै गर्दा मल अभाव र धान बिक्रीमा समस्या देखिएपछि किसानबाट निरन्तर गुनासो आएको थियो।

मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार किसानको मागअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत न्यूनतम समर्थन मूल्यमा धान खरिद सहज बनाउन प्रदेश सरकारले पहल गरेको छ।

संघीय अर्थमन्त्री रामेश्वर खनालसँग धनगढीमा भेटवार्ता गर्दै मुख्यमन्त्री शाहले प्रदेशमा आवश्यक मल उपलब्ध गराउन तथा सरकारले तोकेको मूल्यमा धान खरिदका लागि सहजीकरण गर्न आग्रह गर्नुभएको थियो।

मुख्यमन्त्री शाहका अनुसार प्रदेशका लागि १३ प्रतिशत रासायनिक मलको कोटा हुनुपर्नेमा हाल ६ प्रतिशत मात्र आपूर्ति भएको छ, जसका कारण गहुँ बालीका लागि अत्यावश्यक युरिया मल अभावमा परेको छ।

अर्थमन्त्रीसमक्ष थप ५० हजार क्विन्टल धान खरिद तथा अनुदानको मलको कोटा बढाइदिन माग गरिएको र यस विषयमा सक्दो प्रयास गर्ने आश्वासन पाएको बताइएको छ।

यता व्यापार कम्पनी प्रादेशिक कार्यालय धनगढीले गत वर्ष ५५ हजार क्विन्टल धान खरिदको कोटा पाएकोमा यस वर्ष ३५ हजार क्विन्टलमा सीमित हुँदा किसानले सरकारले तोकेको मूल्यमा धान बेच्न नपाएको गुनासो छ।

निजी व्यापारीलाई धान बिक्री गर्दा उचित मूल्य नपाएको किसान वीरबहादुर चौधरीले बताए। व्यापार कम्पनी प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले किसानको मागअनुसार कोटा बढाउनुपर्ने भए पनि केन्द्रबाट कोटा नबढेसम्म खरिद विस्तार गर्न नसकिने बताए।

 


Thali Mobile Pvt.Ltd.