काठमाडौं । चेपाङ समुदायले आज न्वागी खाने पर्व मनाउँदै छन् । राष्ट्रिय पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा छोनाम मनाउने चलन छ । यो पर्वलाई चेपाङ समुदायले नयाँ अन्न खान शुरु गर्ने दिनका रूपमा लिइन्छ ।
पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताअनुरूप यो दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाइन्छ। भदौ २२ गते सामूहिकरूपमा मनाइए पनि कुलअनुसार भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ।
न्वागीमा चेपाङ झाँक्रीले ढ्याङ्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यो दिन कुनै काम नगरी रमाइलो गर्ने चलन छ । कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाइन्छ । विगतमा जस्तै यो वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक...
भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको...
तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी भएपनि घुम्न आउनेको संख्या ह्वातै बढेको छ । चिसो मौसममा पर्यटकीय गन्तव्य बनेको यहाँ यो मौसममा आन्तरिक पर्यटक बढेपछि...
हुम्ला । गएरातिदेखि भएको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । दुई इञ्चसम्म हिउँ जमेको छ भने...