भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आज चेपाङ समुदायको न्वागी खाने पर्व

आज चेपाङ समुदायको न्वागी खाने पर्व

काठमाडौं । चेपाङ समुदायले आज न्वागी खाने पर्व मनाउँदै छन् । राष्ट्रिय पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा छोनाम मनाउने चलन छ । यो पर्वलाई चेपाङ समुदायले नयाँ अन्न खान शुरु गर्ने दिनका रूपमा लिइन्छ ।

पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताअनुरूप यो दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाइन्छ। भदौ २२ गते सामूहिकरूपमा मनाइए पनि कुलअनुसार भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ।

न्वागीमा चेपाङ झाँक्रीले ढ्याङ्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यो दिन कुनै काम नगरी रमाइलो गर्ने चलन छ । कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाइन्छ । विगतमा जस्तै यो वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।

 


Thali Mobile Pvt.Ltd.