काठमाडौं । कर्णाली राजमार्गमा नौ वर्ष यता भएका सडक दुर्घटनामा ९९१ जनाको ज्यान गएको छ । यो अवधिमा एक हजार आठ सय १२ वटा सडक दुर्घटनामा परी ज्यान गएको हो । यो तथ्यांक आर्थिक वर्ष २०७१, ७२ देखि २०७९,८० सम्मको हो । ‘मृत्यु मार्ग’को उपमा पाएको कर्णाली राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुरा भएको छ । वर्षा लाग्दा हिलाम्मे र हिउँद लाग्दा धुलाम्मे हुने यो राजमार्गको यात्रा सधैं जोखिमपूर्ण हुन्छ ।
यो राजमार्ग भएर जुम्ला, डोल्पा, मुगु, कालिकोट, अछाम र दैलेख यात्रा हुने गर्दछ । तर राजमार्गको स्तरोन्नतिमा सरकारले कुनै चासो नदिएको सर्वसाधारण आक्रोशपूर्ण गुनासो छ । सरकारले कर्णाली राजमार्गको अवस्था सुधार्न र नागरिकको पीडा सम्बोधन गर्न कानमा तेल हालेर बसेको उनको ठहर छ । संघीय सांसद विनिता कठायतले गत बुधबार सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराकी छन् ।
सांसद कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ सांसदको समर्थनमा उक्त प्रस्ताव दर्ता गरिएको हो । तर पनि वास्ता छैन । सांसद कठायतले भनिन्, ‘कर्णाली राजमार्ग कर्णाली क्षेत्रलाई मध्यपश्चिम र नेपालका अन्य भूभागसँग जोड्ने एक मात्र प्राथमिक सडक हो । तर हाल यसको अवस्था नाजुक भएका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । २०६४ चैत ३० गते कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेको थियो ।
पश्चिम सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्न दुई सय ३२ किलोमिटर दुरी पार गर्नुपर्छ । साँघुरो र खाल्डाखुल्डी भएका कारण यात्रुले सास्ती खेप्दै यात्रा गर्दै आएका छन् । चट्टानी भाग छिचोलेर राजमार्गलाई दुई लेनको बनाउन सके जोखिम र दुर्घटना कम हुने देखिन्छ । त्यस्तै पहिरोको जोखिममा रहेका स्थानको पहिचान गरी व्यवस्थित गर्न सके यातायत सेवा सुरक्षित बनाउन सकिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...
काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...
अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...