भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कर्णाली राजमार्गमा ९ वर्ष यता ९९१ को ज्यान गयो

कर्णाली राजमार्गमा ९ वर्ष यता ९९१ को ज्यान गयो

काठमाडौं । कर्णाली राजमार्गमा नौ वर्ष यता भएका सडक दुर्घटनामा ९९१ जनाको ज्यान गएको छ । यो अवधिमा एक हजार आठ सय १२ वटा सडक दुर्घटनामा परी ज्यान गएको हो । यो तथ्यांक आर्थिक वर्ष २०७१, ७२ देखि २०७९,८० सम्मको हो । ‘मृत्यु मार्ग’को उपमा पाएको कर्णाली राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुरा भएको छ । वर्षा लाग्दा हिलाम्मे र हिउँद लाग्दा धुलाम्मे हुने यो राजमार्गको यात्रा सधैं जोखिमपूर्ण हुन्छ ।

यो राजमार्ग भएर जुम्ला, डोल्पा, मुगु, कालिकोट, अछाम र दैलेख यात्रा हुने गर्दछ । तर राजमार्गको स्तरोन्नतिमा सरकारले कुनै चासो नदिएको सर्वसाधारण आक्रोशपूर्ण गुनासो छ । सरकारले कर्णाली राजमार्गको अवस्था सुधार्न र नागरिकको पीडा सम्बोधन गर्न कानमा तेल हालेर बसेको उनको ठहर छ । संघीय सांसद विनिता कठायतले गत बुधबार सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराकी छन् ।

सांसद कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ सांसदको समर्थनमा उक्त प्रस्ताव दर्ता गरिएको हो । तर पनि वास्ता छैन । सांसद कठायतले भनिन्, ‘कर्णाली राजमार्ग कर्णाली क्षेत्रलाई मध्यपश्चिम र नेपालका अन्य भूभागसँग जोड्ने एक मात्र प्राथमिक सडक हो । तर हाल यसको अवस्था नाजुक भएका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । २०६४ चैत ३० गते कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेको थियो ।

पश्चिम सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्न दुई सय ३२ किलोमिटर दुरी पार गर्नुपर्छ । साँघुरो र खाल्डाखुल्डी भएका कारण यात्रुले सास्ती खेप्दै यात्रा गर्दै आएका छन् । चट्टानी भाग छिचोलेर राजमार्गलाई दुई लेनको बनाउन सके जोखिम र दुर्घटना कम हुने देखिन्छ । त्यस्तै पहिरोको जोखिममा रहेका स्थानको पहिचान गरी व्यवस्थित गर्न सके यातायत सेवा सुरक्षित बनाउन सकिन्छ।

 


Thali Mobile Pvt.Ltd.