भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो, ७ सयबढी घाइते

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो, ७ सयबढी घाइते

काठमाडौं । चीनमा भूकम्पमा परि १३० जनाको मृत्यु भएका छ भने ७०० भन्दा धेरै घाइते भएका छन् ।

मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा ठूलो क्षति पुगेको छ ।

पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ ।

भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको चिनियाँ समाचार एजेन्सीले बताउका छन् ।

छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.