भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपालमा राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको प्रतिक्रिया

नेपालमा राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको प्रतिक्रिया

मुख्य बुँदा 

नेपालमा राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको प्रतिक्रिया।

छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा।

चीन–नेपाल मित्रवत् छिमेकी सम्बन्ध पुनः दोहोर्‍याइयो।

नेपालस्थित चिनियाँ नागरिकलाई सुरक्षामा ध्यान दिन आग्रह।

काठमाडौँ, २६ भाद्र । चीनले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनबीच सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता छिटोभन्दा छिटो कायम हुने आशा व्यक्त गरेको छ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई हालै नेपालमा भएको प्रदर्शन र अशान्तिबारे प्रश्न सोधिएको थियो। सो क्रममा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको घटनाबारे पनि टिप्पणी गरेका थिए।

प्रवक्ता लिनले नेपालका सबै पक्षले आफ्ना आन्तरिक समस्याहरूलाई उचित रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता कायम हुने अपेक्षा गरे।

उनले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी राष्ट्र भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।

 


Thali Mobile Pvt.Ltd.