भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

चिनी पैंचो माग्दै सरकार, बजारमा हाहाकार

चिनी पैंचो माग्दै सरकार, बजारमा हाहाकार

काठमाडौं । चाडपर्वका बेला चिनीकाे हाहाकार हुन थालेकाे छ । सरकारले ५० हजार टन चिनी जीटूजी मार्फत भारतबाट ल्याउने घोषणा गरेको थियो । त्यहीअनुसार भारतलाई साउन ५ मा चिठी पठायो । तर भारतले चिनी निर्यातमा बन्देज लगाइदियो । तर भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको थियाे ।

नेपाली बजारमा चिनीको कृत्रिम अभाव सुरु भएको छ । अर्थ मन्त्रालयलाई चिठी पठाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार हस्तक्षेपका लागि भनेर ६० हजार टन सहुलियतको चिनी ल्याउने पहल अघि बढाउन आग्रह गरेको छ । तर अर्थले सुनेको नसुनेझै गरेको छ ।

भदौ अन्तिमतिर २० हजार टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दियो ।

अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मेवारी पाए । तर अहिले साल्टले ल्याउने भनेको चिनी आउने अवस्था नरहेको देखिएको छ ।

बजारमा चिनी नभएकै कारण मूल्य छोइनसक्नु उपभोक्ता बताउँ छन्  । धेरैजसो पसलमा १५० रुपैयाँसम्म मूल्य तिर्न उपभोक्ता बाध्य छन्  । चिनीको बजार नियन्त्रणबाहिर गएको छ । यही अवस्थालाई देखेर सरकारले उद्योगी गुहारिरहेको छ । आफूले ल्याउन नसकेपछि उद्योगीसँग पैंचोमा चिनी मागिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.