भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ

रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ

काठमाडौं । इजरायलबाट नेपालीको उद्धार गर्ने कार्य ढिलाइ हुने भएको छ । चार्टर फ्लाइटका लागि रुट नपाइएपछि हमासको आक्रमणपछि इजरायलमा रहेका नेपालीले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन् । यता जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ ।

इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर त्यहाँ रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरेका छन् । हवाई रुट खुल्नेबित्तिकै उद्धाररका लागि जहाज पठाइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्।

हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन् । अहिले संवेदनशील क्षेत्रबाट नेपालीहरू सुरक्षित स्थानमा सारिएको परराष्ट्र प्रवक्ता लम्सालले बताइन्। इजरायलस्थित नेपाली दूतावासले पनि हवाईसेवा नै अवरुद्ध भएकाले नेपालबाट विमान ल्याएर उद्धारर गर्ने सम्भावना तत्काल नरहेको बताएको छ ।

त्यहाँको अवस्था सहज बनेसँगै उद्धारको काम अघि बढाइने राजदूत कान्ता रिजालले बताएकी छन् । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका विमान पठाएर आफ्ना नागरिकको उद्धार गर्ने तयारी गरेको छ।

 


Thali Mobile Pvt.Ltd.