भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कैलालीका थप एक जनामा हैजा पुष्टि

कैलालीका थप एक जनामा हैजा पुष्टि

काठमाडौंं । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ ।

यस्तै, काठमाडौँको टोखाका १ जनामा हैजा देखिएको छ । सबै भन्दा धेरै ललितपुरको गोदावरी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १४ जनामा हैजा सङ्क्रमण फेला देखिएको थियो । यिनीहरू निको भइसकेको स्रोतले जनाएको छ । दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलिने गर्दछ ।

 

 


Thali Mobile Pvt.Ltd.