भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

हैजा लाग्नुको कारण र बच्ने उपाय

हैजा लाग्नुको कारण र बच्ने उपाय

काठमाडौं । हैजा एक सरुवा रोग हो जुन यो भिब्रियो कलेरा नामक ब्याक्टेरियाका कारण हुने गर्छ। यो गर्मी तथा वर्षायाममा बढी मात्रा हुनेगर्छ। विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ । यसलाई तीब्र गतिमा फैलिने संक्रामक रोगको रुपमा पनि लिइन्छ। हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ । हैजाको संक्रमण फैलने प्रमख कारक भनेको दुषित पानी नै हो।

हैजाका लक्षण
–लगातार दिसा भइरहने।
–अकस्मात र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा २०–२५ पटक हुने।
– दिसा सुरुको अवस्थामा खैरो वा चौलानी रङको हुनु र पछि गएर दिसामा मासी तथा रगतको अंश देखिन थाल्ने।
–वाकवाक लाग्ने र वान्ता हुने
–जलवियोजन हुने वा शरीरमा पानीको मात्रा कम हुने
–रक्तचाप कम हुने
–मुटुको ढुकढुकी बढ्ने
–बेचैनी वा चिडचिडापन हुने
–शरीरमा पानीको अभावका कारण मांसपेसी बाउँडिने, आँखा भित्र गाडिने र पेट भित्र पस्न थाल्ने।

हैजा मानिसबाट मानिसमा सर्ने सम्भावना जम्मा तीन प्रतिसत मात्र हुन्छ। यो रोग संक्रमित व्यक्तिको मलमुत्र र बान्ताबाट अरुमा सर्छ। यो रोग सर्नुमा व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छता पनि त्यत्तिकै महत्वपूर्ण छ।

यसबाट बच्ने उपाय
–पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने
–खाना खानुअघि वा दिसा गरेपछि अनिवार्य रुपमा साबुनले हात धुने
–जथाभावी दिसापिसाब नगर्ने
–घर वरिपरि किटनासक औषधि स्प्रे गरी सफा राख्ने
–खानेकुरा राम्ररी पकाएर मात्र खाने
–पुनर्जलीय झोल बनाएर खाने र खुवाउने
–घरमै उपलब्ध हुनसक्ने खानेकुराहरु जस्तैः भातको माड, झोल पदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने
–स्वास्थ्यकर्मीको निर्देशनमा औषधि खाने

काठमाडौंमा पनि हैजाका बिरामी भेटिएका छन्। दुई साताअघि गम्भीर झाडापखालाका बिरामी भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक ६२ वर्षीय पुरुषमा परीक्षणको क्रममा हैजा संक्रमण पुष्टि भएको हो।

 


Thali Mobile Pvt.Ltd.