भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

गाजामा हवाई आक्रमणबाट २१० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा हवाई आक्रमण हुँदा २१० प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । शनिबार ट्यांक र हवाई आक्रमणले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमणमा परी ४०० भन्दा बढी घाइते भएका छन् ।

प्यालेस्टिनी मेडिकल रेकर्डका अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडितहरू थिए । मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसेइराट शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो ।

जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ । मुख्य आपतकालीन जेनेरेटर चलाउनका लागि ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो । सिन्ह्वा।न्युज एजेन्सी नेपाल

 


Thali Mobile Pvt.Ltd.