भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पदाधिकारीकै मिलिमत्वमा पशुपतिको भेटी चोर्ने आठ जना पक्राउ

पदाधिकारीकै मिलिमत्वमा पशुपतिको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोर्ने कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

उनले भने, “मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सिसि क्यामेरामा कैद दृश्यले कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

पशुपतिमा बाजा बजाउने कर्मचारीलाई कोषकै पदाधिकारीले भेटी चोरी गर्न लगाएको परियारले बयान दिएका छन् । अहिले थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.