भर्खरै : Sorry, your browser does not support inline SVG.

देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु, काठमाडौं बाट नक्कली परीक्षार्थी पक्राउ

देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु, काठमाडौं बाट नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर । शुक्रबार विहानबाट देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डलेबोर्डले जनाएको हो । परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् ।

ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ ।

बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको र जापानको परीक्षा केन्द्रमा इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको जनाएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ ।

इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ । यसैबीच काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका–५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.