भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वर्षाका कारण तान्जानियामा १ सय ५५ जनाको मृत्यु, २ सय ३६ जना घाइते

वर्षाका कारण तान्जानियामा १ सय ५५ जनाको मृत्यु, २ सय ३६ जना घाइते

एजेन्सी । वर्षा र बाढीका कारण तान्जानियामा १ सय ५५ जनाको मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्र छाड्न सर्वसाधारणलाई आग्रह गरिएको छ । ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् । संसद्‌मा बयान दिँदै मजलिवाले भनेका छन् । तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठुलो क्षति भएको र यसमा फसलको बर्बादी, सडक र रेलमार्गमा भएको क्षति पनि समावेश गरिएको बताइएको छ ।

तान्जानियाको छिमेकी देशहरू केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब बनेको छ । ‘जनवरीदेखि अहिलेसम्म भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २३६ जना घाइते भइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.