भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्षतिपूर्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

क्षतिपूर्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । जलवायु क्षतिपूर्तिको माग गर्दै जलवायु अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएर जलवायु अभियन्ताहरूले विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको भन्दै क्षतिपूर्तिको माग गरेका हुन् ।

एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभ्लोपमेन्टको नेतृत्वमा पाकिस्तान, बंगलादेश, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया र फिलिपिन्समा एकै दिनमा प्रदर्शन भएको हो । एसियामा यी समन्वित परिचालनहरू न्युयोर्क सहरमा भविष्यको शिखर सम्मेलन ९समिट फर द फ्युचर० र संयुक्त राष्ट्र सङ्घको महासभाअघि सञ्चालन गरिएको हो र यो ग्लोबल विक अफ एक्सन फर क्लाइमेट फाइनान्स एन्ड फोसिल फ्रि फ्युचरको एक हिस्सा हो ।

जलवायु परिवर्तनका नकारात्मक असर र यसको बढोत्तरीमा विकसित राष्ट्रहरू ऐतिहासिक रूपमा जिम्मेवार रहेको र उनीहरूले जलवायु न्यायका लागि विकासशील राष्ट्रहरूलाई जलवायु वित्तका लागि ५० खर्ब डलर उपलब्ध गराउनपर्ने धारणा प्रदर्शनका आयोजकमध्येका एक नेपाली ट्रेड युनियन महासंघकी उपाध्यक्ष सीता लामाले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.