बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
थानाभर्याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधवार साँझ भारतीय नम्बर प्लेटको...
धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल...
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको...
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...