हावा प्रदूषण कारण जनजीवनमा समस्या, मानव स्वास्थ्यमा तत्कालीन र दृर्घकालीन समस्या बढे

हावा प्रदूषण कारण जनजीवनमा समस्या, मानव स्वास्थ्यमा तत्कालीन र दृर्घकालीन समस्या बढे

काठमाडौँ । प्रदूषणका कारण मानव जीवनमा समस्या हुँदै गएको छ । काठमाडौँ उपत्यकाको वायु प्रदूषित बन्दा मानवी जीवनमा समस्या बढ्दै गएको हो । हावा प्रदूषणका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने, घाँटी खसखस गर्ने जस्ता स्वास्थ्य समस्या देखा परेका हुन ।

वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने चिकित्सकले बताएका छन् । वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता तत्काल देखिने स्वास्थ्य समस्या देखापरेको र दीर्घकालीन रूपमा नसर्ने ठूला रोगहरूको प्रमुख कारक तत्त्व समेत बनेको बताएका छन् ।

मानिसहरू यस्तै खाले समस्या लिएर अस्पताल पुग्ने संख्या बढ्दो रहेको जनाइएको छ। एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहरको दशौँ क्रम भित्र रहेको छ।
नेपालमा वायु प्रदूषणका कारणले हुने मृत्युदरमा मस्तिष्कघात ३७ प्रतिशत रहेको छ भने मुटुरोगबाट ३४ प्रतिशत, फोक्सो क्यान्सरबाट हुने मृत्युदर ३४ प्रतिशत र नवजात शिशु तथा बालबालिकामा हुने मृत्युदर २२ प्रतिशत रहेको छ।

पछिल्ला वर्षमा नेपालमा नसर्ने रोग पनि प्रकोपकै रूपमा देखिन थालेका छन्। यसको प्रमुख कारणमध्ये बढ्दै गएको वायु प्रदूषण र त्यसले पार्ने तत्कालीन र दीर्घकालीन असरहरू रहेको चिकित्सकहरूको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.