भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ललितपुरमा हैजा फैलियो, ३१ जनामा पुष्टी

ललितपुरमा हैजा फैलियो, ३१ जनामा पुष्टी

काठमाडौं । ललितपुरमा ३१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला परेको हो । कैलालीमा ८, प्युठान र काठमाडौंमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्ला दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ । संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्यांकरको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ ।

भिब्रिओ कोलेरा नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् । हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतना बढाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.