भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोमा पुरिएर सात जनाको मृत्यु

पहिरोमा पुरिएर सात जनाको मृत्यु

काठमाडौं । बझाङ र जाजरकोट पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । बझाङको बुंगल नगरपालिका १० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर गएराति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको छ । घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो ।

यसैगरी जाजरकोट नलगाड नगरपालिका २ डाँडागाउँ बस्ने लाल बहादुर परियारको अस्थाई टहरो पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर लाल बहादुर, उनकी श्रीमती ३५ वर्षीया मनिषा बिक र छोरा शुभम परियारको मृत्यु भएको हो । प्रहरीले उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

 


Thali Mobile Pvt.Ltd.