भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कोलम्बियाले अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई स्वीकार गर्ने

कोलम्बियाले अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई स्वीकार गर्ने

ऐजेन्सी । अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई बिना रोकतोक कोलम्बियाले स्वीकार गर्ने भएको छ । अमेरिकाले कोलम्बियामाथि शुल्क लगाउने योजना रोकेपछि उक्त सहमती भएको हो ।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार कोलम्बियाले अब अमेरिकी सैन्य विमानहरूमा आएका आप्रवासीहरूलाई बिना कुनै सीमा र ढिलाइ स्वीकार गर्ने सहमति गरेको छ ।

कोलम्बियाले भने अमेरिकाले आफ्ना नागरिकहरूलाई सम्मानजनक रूपमा फिर्ता पठाउने सहमति जनाएको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार दुई अमेरिकी सैन्य डिपोर्टेशन फ्लाइटलाई कोलम्बियामा अवतरण गर्न प्रतिबन्ध लगाएपछि कोलम्बियाली वस्तुहरूमा २५ प्रतिशत शुल्क लगाउने आदेश दिएका थिए ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य डिपोर्टेशन फ्लाइटलाई देशमा प्रवेश गर्न रोक लगाउँदै, आप्रवासीहरूलाई सम्मान र मर्यादाका साथ फिर्ता पठाइनु पर्ने बताएका थिए।

 


Thali Mobile Pvt.Ltd.