भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चीन र भारतको बीचमा डाइनामाइट फिट गर्ने प्रयत्न नगर्न कांग्रेसको चेतावनी

चीन र भारतको बीचमा डाइनामाइट फिट गर्ने प्रयत्न नगर्न कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई ठूला छिमेकी चीन र भारतको बीचमा डाइनामाइट फिट गर्ने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस सांसद एनपी साउदले सरकारले कच्चा कूटनीति गरिरहेको बताए ।

साथै चिनियाँ उप–विदेशमन्त्री नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका अभिव्यक्तिमाथि समेत साउदले प्रश्न उठाएका छन् ।
दलहरुको बीचमा साझा दृष्टिकोण बनाएर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने भएपनि यो दस्तावेजमा हस्ताक्षर गर्ने तयारी कुन चरणमा पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल नभएको पूर्वपरराष्ट्रमन्त्री साउदले बताए ।

 


Thali Mobile Pvt.Ltd.