भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

काठमाडौं महानगरलाई जिम्मेवारी कम भयोः कांग्रेस

काठमाडौं महानगरलाई जिम्मेवारी कम भयोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकालाई जिम्मेवारी कम भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीलाई लिएर प्रश्न उठाएका हुन्।

महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरेका छन् । जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको बताए ।

काठमाडौं महानगरमा संघीय सरकारले बाटो, खानेपानी, विद्युत् आदिमा कामै नगर्ने र यसको सम्पूर्ण जिम्मेवारी महानगरलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

 


Thali Mobile Pvt.Ltd.