भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं महानगरलाई जिम्मेवारी कम भयोः कांग्रेस

काठमाडौं महानगरलाई जिम्मेवारी कम भयोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकालाई जिम्मेवारी कम भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीलाई लिएर प्रश्न उठाएका हुन्।

महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरेका छन् । जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको बताए ।

काठमाडौं महानगरमा संघीय सरकारले बाटो, खानेपानी, विद्युत् आदिमा कामै नगर्ने र यसको सम्पूर्ण जिम्मेवारी महानगरलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

 


Thali Mobile Pvt.Ltd.