भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन | निकुञ्जमा मात्र सीमित छैनन् वन्यजन्तु, आसपासका सामुदायिक वनमा पनि देखिन्छन् |

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ, ६ मंसिर । लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ ।

सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी उक्त क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताए ।

आर्थिक वर्ष २०८२ – ०८३ मा यतिका प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०/५० प्रतिशत लगानीमा प्याज खेती सुरु गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको सम्मान नौ हजार ८७५ खर्च हुने भएको छ ।

कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ । यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु भएको छ । कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ । एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यवसायिक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताए । उनका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८१–२०८२ मा समेत ५० रोपनी जमिनमा प्याज खेती विस्तार गरेको थियो । गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो । यस प्याज प्रवर्द्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ । बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङबासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने छ ।

प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यवसायिक प्याज प्रवर्द्धन कार्यक्रम प्रभावकारी बन्दै आएको छ । (रासस)

 


Thali Mobile Pvt.Ltd.