भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा बस्दै

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा बस्दै

काठमाडौँ, १७ मंसिर । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । समितिका सदस्य तथा केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बैठक आह्वान भएको जानकारी दिएका छन् ।

पार्टीले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै समितिले आवश्यक कार्यसूची, प्रक्रियागत तयारी तथा सदस्यता व्यवस्थापनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक महामन्त्री गगन थापा संयोजक रहेको समितिले बोलाएको हो । समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्यका रूपमा सहभागी छन् ।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिकाअनुसार पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा विवरण आउने समयसীমा तोकिएको छ । बैठकले यही कार्यतालिका कार्यान्वयनका लागि क्रियाशील सदस्यता व्यवस्थापनसम्बन्धी प्राविधिक तथा प्रशासनिक तयारीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.