भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, मुख्यमन्त्री यादवले विश्वासको मत लिंदै

मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, मुख्यमन्त्री यादवले विश्वासको मत लिंदै

जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक बस्न आज ढिला भइरहेकाे छ ।

बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु हुन सकेको छैन । आज प्रदेश सभा भवन परिसर तथा आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

बैठक बस्नुअघि तालिमप्राप्त कुकुरमार्फत सुरक्षा जाँच गरिएको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले जानकारी दिए । सुरक्षा उपकरणहरू जेनजी आन्दोलनका क्रममा जलाइएपछि यस्तो जाँच प्रक्रिया अपनाइएको हो । यसअघि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि यस्तो उच्च स्तरको सुरक्षा जाँच गरिएको थियो ।

सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादव आज बहुमत परीक्षणका लागि प्रदेश सभामा उपस्थित हुन लागेका हुन् । संविधानको धारा १६८(२) अनुसार सात दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका सोनलले गत कात्तिक २२ गते बहुमत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दल एमालेका नेता सरोज यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

भण्डारीले उपचारका लागि काठमाडौं जाँदैछु भनेर मधेश भवनबाट निस्किए पनि बर्दिबासको एक होटेलमा बिहानै यादवलाई शपथ खुवाएको घटना विवादित बनेको थियो । सो मुद्दामा रिट दायर भएपछि सर्वोच्चले आजै विश्वासको मत लिन आदेश दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.