भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ललितपुरका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ

ललितपुरका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ भएका छन् । स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
छुट्टाछुट्टै स्थानबाट स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन्। उनीहरुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् ।

ललितपुर महानगरपालिका(१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा ९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका–१३ झरूवारासीबाट चोरी भएको बा ९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.