भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइतबार १५८ जनामा कोरोना संक्रमण

आइतबार १५८ जनामा कोरोना संक्रमण

काठमाडौं । आइतबार थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ९ सय १८ जनाको परिक्षणमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको हो ।

यस्तै आइतबार थप ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ जना रहेको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन ।

संक्रमितमध्य ६ हजार ५८९ जना होम आइसोलेसनमा, ३७७ जना संस्थागत आइसोलेसनमा, १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.