भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आइतबार १५८ जनामा कोरोना संक्रमण

आइतबार १५८ जनामा कोरोना संक्रमण

काठमाडौं । आइतबार थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ९ सय १८ जनाको परिक्षणमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको हो ।

यस्तै आइतबार थप ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ जना रहेको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन ।

संक्रमितमध्य ६ हजार ५८९ जना होम आइसोलेसनमा, ३७७ जना संस्थागत आइसोलेसनमा, १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.