भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई सन्तानसहित एक महिला मृत अवस्थामा

दुई सन्तानसहित एक महिला मृत अवस्थामा

सर्लाही । बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

४ बर्षीय छोरा र ६ वर्षीया छोरी र आमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक महिलाका श्रीमान् चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको प्रहरीको भनाइ छ । मृत्युबारे गहिरो अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.