भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

प्रहरीकाे अपिलः अनलाइनबाट सामान किन्दा सावधान रहन आग्रह

प्रहरीकाे अपिलः अनलाइनबाट सामान किन्दा सावधान रहन आग्रह

मुख्य बुँदा 

अनलाइन ठगीका घटना बढ्दै, प्रहरीको सचेतना अपिल

सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्न सुझाव

असामान्य सस्तो मूल्यमा पाइने वस्तु चोरी वा ठगीसम्बन्धी हुनसक्ने चेतावनी

अग्रिम भुक्तानी, स्क्रिन शेयर र ओटीपी ठगीका नयाँ शैली

सामाजिक सञ्जालमार्फत सहयोग माग्दा प्रत्यक्ष सम्पर्क गरी पुष्टि गर्न सुझाव

विदेशबाट उपहार पठाएको भन्ने दावीमा विश्वास नगर्न

अनलाइन रोजगारी र लगानी ठगीबाट सावधान रहन आग्रह

कठिन पासवर्ड, व्यक्तिगत विवरण गोप्य राख्ने र अपरिचित लिंक नखोल्ने सुझाव

काठमाडौँ, २२ कार्तिक । अनलाइन खरिद–बिक्रीका माध्यमबाट हुने ठगीका घटना तीव्र गतिमा बढ्दै गएपछि प्रहरीले सर्वसाधारणलाई सावधान रहन अनुरोध गरेको छ।

काठमाडौं प्रहरी परिसर र कास्की प्रहरीले छुट्टाछुट्टै सूचनामार्फत् अनलाइन खरिदमा सचेत रहन आग्रह गरेका हुन्।

प्रहरीका अनुसार अनलाइनबाट सामान किन्ने बेला सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न र असामान्य रूपमा सस्तो मूल्यमा उपलब्ध गराइएका वस्तुहरू चोरी वा ठगीसम्बन्धी हुनसक्ने भएकाले सावधान रहन सुझाव दिइएको छ।

अनलाइनमा सस्तो दर देखाएर अग्रिम रकम तिर्न लगाउने, पैसा आएको छैन भन्दै स्क्रिन शेयर गर्न लगाउने, र त्यस क्रममा ‘ओटीपी’ (इत्ए) लिएर खाता ह्याक गरी ठगी गर्ने घटना बढेकाले प्रहरीले कसैसँग पनि मोबाइल स्क्रिन शेयर नगर्न चेतावनी दिएको छ।

त्यसैगरी, सामाजिक सञ्जालमार्फत साथी वा आफन्तका नाममा आर्थिक सहयोग मागिने घटनामा पनि सतर्क रहन सुझाव दिइएको छ। प्रहरीका अनुसार यस्ता अवस्थामा प्रत्यक्ष सम्पर्क गरी सत्यता पुष्टि गरेपछि मात्र सहयोग गर्नुपर्छ।

प्रहरीले विदेशबाट उपहार वा महँगो सामान पठाएको भन्ने दावीहरूमा विश्वास नगर्न, अनलाइन रोजगारीका अवसर देखाएर लगानी गराउन खोज्ने व्यक्तिबाट टाढा रहन, र वैदेशिक रोजगारीमा जाने क्रममा बैंकमार्फत पारदर्शी कारोबार गर्न आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जाल र बैंकिङ एपमा कठिन पासवर्ड प्रयोग गर्न, अपरिचित व्यक्तिहरूसँग मित्रता नराख्न, व्यक्तिगत विवरण सार्वजनिक नगर्न, र सन्दिग्ध लिंकहरू नखोल्न पनि प्रहरीको सुझाव छ।

 


Thali Mobile Pvt.Ltd.