काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २०० किलोमिटर सडक कालोपत्रे गरेको छ ।
सरकारले विभिन्न अवस्थामा रहेका सडकलाई यो अवधिमा कालोपत्रे गरेको हो । दैनिक झण्डै १.१२ किलोमिटर हो । यो अवधिमा २१ वटा पुल निर्माण गरिएका छन् । यो वर्ष कुल १५० वटा पुलको निर्माण गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा पुल निर्माणको प्रगति जम्मा १४ प्रतिशत रहेको छ ।
निर्माण भएका सडकमध्ये दुई लेन सडकतर्फ १८१.४२ किलोमिटर तथा चार लेन सडकतर्फ २०.५८ किलोमिटर सडक कालोपत्रे गरिएका छन् । चालु आर्थिक वर्षभित्र सरकारले ९२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । यसमध्ये दुई लेन सडकतर्फ ८०० किलोमिटर र चार लेन सडकतर्फ १२० किलोमिटर रहेको छ ।
लक्ष्यको तुलनामा ६ महिनाको प्रगति क्रमशः १९.७२ प्रतिशत र १७.१५ प्रतिशत हो । मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर, कालीगण्डकी कोरिडोर अन्तर्गत गैडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५ किलोमिटर र मालढुङ्गा–बेनी–जोमसोम कोरोला सडकमा १५.५ किलोमिटर कालोपत्रे भएको उल्लेख गरिएको छ भने कोशी कोरिडोर अन्तर्गत १.५ कि.मी.कालोपत्रे सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षमा कुल ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्न लागिएकोमा २ किलोमिटर सम्पन्न भएको छ । रेलवे अन्तर्गत ३ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा सबै पुलको निर्माण सम्पन्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । दोस्रो त्रैमाससम्म यो रकममध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ जुन २३.५९ प्रतिशत बराबर हो ।
यो अवधिमा कर्णाली कोरिडोर अन्तर्गत १९.२ किलोमिटर सडक खण्डास्मित (ग्राभेल) गरिएको, सिद्धबाबा सुरुङ मार्गको १ हजार १२६ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न भएको, राष्ट्रिय राजमार्ग, रणनीतिक सडक तथा स्थानीय सडक अन्तर्गत २० वटा सडक पुल निर्माण सम्पन्न भएको तथा ३५ किलोमिटर राष्ट्रिय राजमार्गको आवधिक मर्मत गरिएको मन्त्रालयले जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...