भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २०० किलोमिटर सडक कालोपत्रे गरेको छ ।

सरकारले विभिन्न अवस्थामा रहेका सडकलाई यो अवधिमा कालोपत्रे गरेको हो । दैनिक झण्डै १.१२ किलोमिटर हो । यो अवधिमा २१ वटा पुल निर्माण गरिएका छन् । यो वर्ष कुल १५० वटा पुलको निर्माण गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा पुल निर्माणको प्रगति जम्मा १४ प्रतिशत रहेको छ ।

निर्माण भएका सडकमध्ये दुई लेन सडकतर्फ १८१.४२ किलोमिटर तथा चार लेन सडकतर्फ २०.५८ किलोमिटर सडक कालोपत्रे गरिएका छन् । चालु आर्थिक वर्षभित्र सरकारले ९२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । यसमध्ये दुई लेन सडकतर्फ ८०० किलोमिटर र चार लेन सडकतर्फ १२० किलोमिटर रहेको छ ।

लक्ष्यको तुलनामा ६ महिनाको प्रगति क्रमशः १९.७२ प्रतिशत र १७.१५ प्रतिशत हो । मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर, कालीगण्डकी कोरिडोर अन्तर्गत गैडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५ किलोमिटर र मालढुङ्गा–बेनी–जोमसोम कोरोला सडकमा १५.५ किलोमिटर कालोपत्रे भएको उल्लेख गरिएको छ भने कोशी कोरिडोर अन्तर्गत १.५ कि.मी.कालोपत्रे सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षमा कुल ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्न लागिएकोमा २ किलोमिटर सम्पन्न भएको छ । रेलवे अन्तर्गत ३ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा सबै पुलको निर्माण सम्पन्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । दोस्रो त्रैमाससम्म यो रकममध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ जुन २३.५९ प्रतिशत बराबर हो ।

यो अवधिमा कर्णाली कोरिडोर अन्तर्गत १९.२ किलोमिटर सडक खण्डास्मित (ग्राभेल) गरिएको, सिद्धबाबा सुरुङ मार्गको १ हजार १२६ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न भएको, राष्ट्रिय राजमार्ग, रणनीतिक सडक तथा स्थानीय सडक अन्तर्गत २० वटा सडक पुल निर्माण सम्पन्न भएको तथा ३५ किलोमिटर राष्ट्रिय राजमार्गको आवधिक मर्मत गरिएको मन्त्रालयले जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.