भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति

नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति

काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विदेशी दातृ निकायबाट स्रोत सुनिश्चित भइ अघि बढेका आयोजना मध्ये अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति भएको हो ।

सरकारले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विवरणमा यस्तो कमजोर अवस्था अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रम रहेको छ ।

यो अवधिमा दातृ निकायको सहयोगमा अघि बढेका आयोजनको प्रगति जम्मा १७–७० प्रतिशत देखिएको छ । विभिन्न दातृ निकायमध्ये १३ वटा कार्यक्रम अन्तर्गत २ खर्ब ३ अर्ब ६७ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये ३६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ बजेट खर्ब भएको अर्थ मन्त्रालयले जनाएको छ ।

वैदेशिक स्रोतमध्ये प्रतिशतका आधारमा दोस्रो सबैभन्दा कम खर्च भएको एडीबीको खर्च सबैभन्दा कम देखिएको छ । यो शीर्षमा ७१ अर्ब ५८ करोड २९ लाख विनियोजन गरिएकोमा ६ अर्ब ७० करोड ३३ लाख अर्थात् ९.३६ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाल स्कुल एजुकेसनल सेक्टर प्लान (एसईएसपी) र आईएमएफको विस्तारित कर्जा सुविधाको प्रगति ३५ प्रतिशतभन्दा धेरै देखिएको छ । युरोपियन इन्भेष्टमेन्ट बैंकको ३२ प्रतिशत, एडीबीको पब्लिक फाइनान्सियल म्यानेजमेट कार्यक्रमको २९ प्रतिशत बजेट खर्ब भएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.