काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
विदेशी दातृ निकायबाट स्रोत सुनिश्चित भइ अघि बढेका आयोजना मध्ये अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति भएको हो ।
सरकारले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विवरणमा यस्तो कमजोर अवस्था अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रम रहेको छ ।
यो अवधिमा दातृ निकायको सहयोगमा अघि बढेका आयोजनको प्रगति जम्मा १७–७० प्रतिशत देखिएको छ । विभिन्न दातृ निकायमध्ये १३ वटा कार्यक्रम अन्तर्गत २ खर्ब ३ अर्ब ६७ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये ३६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ बजेट खर्ब भएको अर्थ मन्त्रालयले जनाएको छ ।
वैदेशिक स्रोतमध्ये प्रतिशतका आधारमा दोस्रो सबैभन्दा कम खर्च भएको एडीबीको खर्च सबैभन्दा कम देखिएको छ । यो शीर्षमा ७१ अर्ब ५८ करोड २९ लाख विनियोजन गरिएकोमा ६ अर्ब ७० करोड ३३ लाख अर्थात् ९.३६ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल स्कुल एजुकेसनल सेक्टर प्लान (एसईएसपी) र आईएमएफको विस्तारित कर्जा सुविधाको प्रगति ३५ प्रतिशतभन्दा धेरै देखिएको छ । युरोपियन इन्भेष्टमेन्ट बैंकको ३२ प्रतिशत, एडीबीको पब्लिक फाइनान्सियल म्यानेजमेट कार्यक्रमको २९ प्रतिशत बजेट खर्ब भएको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...