भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाली भूमिमा भारतको दादागिरी, चालक र स्काभेटर नियन्त्रणमा

नेपाली भूमिमा भारतको दादागिरी, चालक र स्काभेटर नियन्त्रणमा

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप गरेर महाकाली नदिको धार नै परिवर्तन गर्नेगरी हिजो एक्स्काभेटर चलायो । बिहान करिब ११ बजे सदरमुकाम खलङ्गाको वीरेन्द्र वन क्षेत्रनजिकै चालक भास्कर पाठकले भारतीय एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएका थिए ।

स्थानीयले नेपाली भूमिमा भारतीय हस्तक्षेप बढेको भन्दै एक्स्काभेटर र चालक नियन्त्रणमा लिएर करिब ६ घण्टा स्थानीय, प्रहरी, प्रशासनको नियन्त्रणमा रहेका एक्स्काभेटर र चालकलाई यसपछि फेरि यस्तो गल्ती कहिल्यै नगर्ने भन्दै छोडिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले भने, ‘पूर्व सूचनाविनै भारतीय मेसिन नेपालतर्फ छिराएको र थाहा पाउँने वित्तिकै चालक र एक्स्काभेटर नियन्त्रणमा लिइएको हो ।

भारतीय अधिकारीले गल्ती भयो भनेर कम्जोरी स्वीकारको र अब फेरि यस्तो नगर्ने बताएपछि हामीले फिर्ता पठाएका छौँ । यसअघि हाम्रो साधनमा पनि उनीहरूले अवरोध गरेका थिए । हामीले भारतीय पक्षको पनि त आयो भनेर बुझायौँ ।’ भारत पिथौरागढ जिल्लाका अधिकारी आनन्द स्वरूप तथा धार्चुला सहायक जिल्ला अधिकारी अनिल शुक्लको निरन्तरको आग्रहपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपराह्न ४ बजे चालक र एक्स्काभेटर फिर्ता पठाएको थियो ।

सीमा नदी क्षेत्रमा काम गर्दा आपसी समन्वय आवश्यक पर्छ । तर, भारतीय पक्षले एकलौटी रूपमा दादागिरिशैलीमा निर्माणको काम गरिरहेको छ । सीमापारि महाकालीमा तटबन्ध गरिरहेको भारतीय पक्षले विना जानकारी एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो । ०७० को बाढीपछि आफ्नो भूमिसमेत छोडेर नेपालले तटबन्ध निर्माण गरे पनि अहिले भारतले नेपालतर्फ महाकालीको बहाव बढ्नेगरी तटबन्ध गरिरहेको छ ।

धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुङ्गा आफ्नो भूमिमा सारेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी जोशीले दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फी गर्दा समस्या उत्पन्न भएको बताए । दुई वर्षअघि पनि नेपाल र भारतीय पक्षबिच तटबन्ध निर्माणकै विषयमा ढुङ्गा हानाहान भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.