कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप गरेर महाकाली नदिको धार नै परिवर्तन गर्नेगरी हिजो एक्स्काभेटर चलायो । बिहान करिब ११ बजे सदरमुकाम खलङ्गाको वीरेन्द्र वन क्षेत्रनजिकै चालक भास्कर पाठकले भारतीय एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएका थिए ।
स्थानीयले नेपाली भूमिमा भारतीय हस्तक्षेप बढेको भन्दै एक्स्काभेटर र चालक नियन्त्रणमा लिएर करिब ६ घण्टा स्थानीय, प्रहरी, प्रशासनको नियन्त्रणमा रहेका एक्स्काभेटर र चालकलाई यसपछि फेरि यस्तो गल्ती कहिल्यै नगर्ने भन्दै छोडिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले भने, ‘पूर्व सूचनाविनै भारतीय मेसिन नेपालतर्फ छिराएको र थाहा पाउँने वित्तिकै चालक र एक्स्काभेटर नियन्त्रणमा लिइएको हो ।
भारतीय अधिकारीले गल्ती भयो भनेर कम्जोरी स्वीकारको र अब फेरि यस्तो नगर्ने बताएपछि हामीले फिर्ता पठाएका छौँ । यसअघि हाम्रो साधनमा पनि उनीहरूले अवरोध गरेका थिए । हामीले भारतीय पक्षको पनि त आयो भनेर बुझायौँ ।’ भारत पिथौरागढ जिल्लाका अधिकारी आनन्द स्वरूप तथा धार्चुला सहायक जिल्ला अधिकारी अनिल शुक्लको निरन्तरको आग्रहपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपराह्न ४ बजे चालक र एक्स्काभेटर फिर्ता पठाएको थियो ।
सीमा नदी क्षेत्रमा काम गर्दा आपसी समन्वय आवश्यक पर्छ । तर, भारतीय पक्षले एकलौटी रूपमा दादागिरिशैलीमा निर्माणको काम गरिरहेको छ । सीमापारि महाकालीमा तटबन्ध गरिरहेको भारतीय पक्षले विना जानकारी एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो । ०७० को बाढीपछि आफ्नो भूमिसमेत छोडेर नेपालले तटबन्ध निर्माण गरे पनि अहिले भारतले नेपालतर्फ महाकालीको बहाव बढ्नेगरी तटबन्ध गरिरहेको छ ।
धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुङ्गा आफ्नो भूमिमा सारेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी जोशीले दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फी गर्दा समस्या उत्पन्न भएको बताए । दुई वर्षअघि पनि नेपाल र भारतीय पक्षबिच तटबन्ध निर्माणकै विषयमा ढुङ्गा हानाहान भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...