भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

त्रिविका ढोका–ढोकामा ताल्चा, विद्यार्थीसहित कर्मचारी पनि आन्दोलनमा

त्रिविका ढोका–ढोकामा ताल्चा, विद्यार्थीसहित कर्मचारी पनि आन्दोलनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चार ठाउँमा ताला लगाएको छ । माओवादी केन्द्र, नेकपा एस लगायतका विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालयसहति ४ ठाउँमा ताला लगाएका हुन् । त्रिवि मैदानको क्रिकेट प्रतियोगिता पार्किङ शुल्कको विषयलाई लिएर विद्यार्थीहरूले गत मंसिर २५ देखि ताल्चा ठोकेका हुन् । जसका कारण क्याम्पस प्रिन्सिपल ध्यानेन्द्र राई कार्यकक्षमा जान पाएका छैनन् ।

ताला लगाउने अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् । एनपीएल प्रतियोगिताको पहिलो दिन स्ववियुका पदाधिकारीको संलग्नतामा पार्किङ शुल्क उठाएको आरोप आन्दोलनरत विद्यार्थीको छ । शुल्क उठाउनेगरी स्ववियुलाई पार्किङको व्यवस्थापनको जिम्मेवारी नदिएको बताउँछन् प्रिन्सिपल ध्यानेन्द्र राई ।

यही विषयलाई लिएर विद्यार्थी संगठनले रजिस्ट्रार कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाशाखा र स्ववियूको कार्यालयमा पनि ताला लगाएका छन् । क्रिकेट प्रतियोगिताको दोस्रो दिन स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति निकालेर पार्कीङ शुल्क निःशुल्क गरिएको बताएका थिए । स्ववियु सचिव सिद्धान्त भट्टसहित १३ सदस्यले विज्ञप्ति नै निकालेर स्ववियुमा आधिकारिक निर्णय नभएको बताए ।

तर ताला लगाउने विद्यार्थी संगठनहरूले प्रतियोगिताको पहिलो दिन पार्किङ शुल्क उठाएकाले सो रकम फिर्ता गर्नुपर्ने र दोषीमाथि छानबिन हुनुपर्ने माग राखेका छन् । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार भौतिकशास्त्र विभागमा पनि ताला लगाएको छ ।

विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई शोधपत्रमा सहभागी नगराई अनुसन्धानात्मक गतिविधिबाट वञ्चित गरेकाले विभागमा ताला लगाएको संगठनका अध्यक्ष दिनेश ऐर बताए । त्रिविका कर्मचारी पनि आन्दोलनमा छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर पुस १ देखि ५ गतेसम्म एक घण्टा धर्ना दिए । कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्न गर्नुपर्ने माग कर्मचारीको छ ।

 


Thali Mobile Pvt.Ltd.